अलपत्र नेपालीलाई लिन निगमको वाइडबडी विमान ढाकातर्फ

आइतबार, ३२ जेठ २०७७, १३ : १३
अलपत्र नेपालीलाई लिन निगमको वाइडबडी विमान ढाकातर्फ

काठमाडौं। बंगलादेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान ढाकातर्फ उडेको छ ।

अपराह्न २.३० मा दुई सय ५९ जना नेपालीलाई लिएर उक्त विमान त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
विदेशमा अलपत्र नेपालीलाई निगमका विमानले आजदेखि स्वदेश ल्याउन शुरु गरेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपालीलाई स्वदेश फर्काउने तालिका बनाएको छ। उनीहरू जुन महीनाभरिमा स्वदेश ल्याइसकिनेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको छ । यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

निगमको अपरेसन विभागका अनुसार निगमका विमानले आज ढाका, भोलि माल्दिभ्सको माले र मलेसियाको क्वालालम्पुरमा उडान गर्नेछन् ।  यस्तै, १६ जुनमा दुबई र कतारको दोहा, १७ जुनमा अस्ट्रेलियाको सिड्नी, थाइल्यान्डको बैंकक र बहराइन उडान गर्ने तालिका छ। १८ जुनमा साउदी अरेबियाको रियाद र दुबई, १९ जुनमा जापानको नारिता र कुवेत, २० जुनमा साइप्रस, क्‍वालालम्पुर र दोहा उडान हुनेछन् ।

प्रतिक्रिया दिनुहोस