नेकपाको भोलि हुने स्थायी समिति बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक आज अपरान्ह बस्दै

बुधबार, २४ बैशाख २०७७, ०८ : ३८
नेकपाको भोलि हुने स्थायी समिति बैठकको एजेण्डा तय गर्न सचिवालय बैठक आज अपरान्ह बस्दै

file photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बुधबार अपरान्ह बस्दैछ ।  बिहीबार बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सचिवालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए। अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेण्डा बनाउने जिम्मेवारी पाएका छन् । 

प्रतिक्रिया दिनुहोस