न्यारोबडि खरिद प्रकरणमा मुछिएका घिमिरेलाई नै सरकारले  किन दियो निगमको जिम्मा ?

विवादास्पद खेतान समुहका खेताला घिमिरे लक्ष्मी बैंकका अवैध अध्यक्ष

विहीबार, ०४ बैशाख २०७७, १५ : १८
न्यारोबडि खरिद प्रकरणमा मुछिएका घिमिरेलाई नै सरकारले  किन दियो निगमको जिम्मा ?

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशिल घिमिरेलाई नियुक्त गरेको छ ।

एक कर्पोरेट हाउसको इसारामा चल्ने पूर्व पर्यटन सचिव घिमिरेलाई गत सोमबारबाट सरकारले सबैभन्दा ठुलोमध्ये पर्ने नेपाल बायु सेवा निगम जिम्मा लगाउने निर्णय गरेको हो ।

घिमिले अहिलेपनि लक्ष्मी बैंकको अध्यक्ष रहेका छन । लक्ष्मी बैंक खेतान समुहको लगानीमा खुलेको बैंक हो । लक्ष्मी बैंकको अध्यक्ष रहेका घिमिरेलाई सरकारले नेपाल बायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाएको छ । सरकारले बायु सेवा निगमको कार्यकारी अध्यक्ष बनाएपनि घिमिरेले हालसम्म बैंकको अध्यक्षबाट राजिनामा दिएका छैनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहका अनुसार अध्यक्षको राजीनामा दिनुभएको छैन ।

उता नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख देवकुमार ढकालले घिमिरेले सरकारले अर्को कार्यकारी निकायमा नियुक्ती गरेकाले राजीनामा दिनुपर्ने बताए । 

एउटा कर्पोरेट हाउसको इसारामा चल्ने घिमिरेलाई सरकारले वायुसेवा निगमजस्तो महत्वपुर्ण संस्थाको जिम्मा लगाउनुले उनले यसअघि गरेका भ्रष्टचारलाई छोप्नु हो ।

घिमिरेलाई नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज खरीद काण्डमा मुछिएका व्यक्ति हुन । उनि पर्यटन सचिव हुँदा एयरबस कम्पनीले दिएको झण्डै पाँच करोड कमिशन लिएको आरोप लाग्दै आएको छ ।

सरकारले घिमिरेलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्न गत सोमबार पर्यटन मन्त्रालयमा पठाएको छ । तर उनले कार्यभार सम्हालेका छैनन् ।

नेपाल बायुसेवा निगमले गरिद गरेका दुई वटा न्यारोबडी ए ३२० जहाज किन्ने बेलामा घिमिरेले कमिसन खाएको आरोप लाग्ने गरेको छ । निगमको महाप्रवन्धक मदन खरेल भएका वखत घिमिरेले कमिसन खाएको बताइएको छ । निगमले दुईवटा न्यारोबडी एयरबस विमान खरिदमा एयरबस कम्पनीले तीन लाख ४० हजार युरो चार करोड ५० लाख रुपियाँ कमिसन पठाएको थियो ।

संस्कृती पर्यटन तथा नागरिक उड्यायनमन्त्री योगेश भट्टराईले घिमिरेलाई चार बर्षका लागि कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव लगेका थिए । सन् २०१५ मा न्यारोबडी खरिद गर्दा निगम संचालक समितिको अध्यक्षमा घिमिरे थिए । सरकारले छानविन गरी कारवाही गर्नुको साटो कमिसनको चक्करमा घिमिरेलाई निगम जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस