नेकपा सचिवालय बैठक बस्दै, कोरोना बारे मात्र छलफल हुने

बुधबार, ०५ चैत्र २०७६, ०९ : ३६
नेकपा सचिवालय बैठक बस्दै, कोरोना बारे मात्र छलफल हुने

काठमाडौं । नेकपाभित्र वामदेव प्रकरण, एमसिसि, पार्टी एकताका बाँकी काम लगायतका विषय पेचिलो छ । वामदेव प्रकरण पछि त झन पार्टी निर्णय मान्ने-नमान्ने विषयमा नेताहरुका बीचमै चर्काे विवाद छ ।

तर यी विषय नेकपाको पार्टी बैठकमा केही समय अझै छलफलमा नआउने भएको छ । आज सचिवालय बैठक बोलाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको सचिवालय बैठकमा आज यी विवादित विषयमा विषय प्रवेश नपाउने नेताहरुले नै बताएका छन् । 

बैठकमा विश्वभर आतंक सिर्जना भईरहेको कोरोना भाइरसका विषयमा मात्र केन्द्रीत रहेर छलफल हुने एक नेताले वताए । कोरोनाको सम्भावित जोखिमबाट बच्ने उपाय र गर्नुपर्ने पूर्व तयारीका विषयमा केन्द्रीत रहेर पार्टी बैठकमा छलफल हुन लागेको हो । 

सरकारको नेतृत्व समेत नेकपाले गरिरहेको र कोरोनाका विषयमा सरकारले गरिरहेको तयारी्, पार्टीले गर्नुपर्ने अभियान सबै विषयमा सरकार र पार्टीलाई जोडने योजनामा छलफलका लागि आजको सचिवालय बैठक बोलाईएको बताईएको छ । 
बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुनेछन् । तर वरिष्ठ नेता माधव नेपाल भने रुपन्देही तिर केही दिनका लागि पुगेकाले आजको बैठकमा सहभागी हुने नहुने विषयमा केही बताईएको छैन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर छोटो अवधीका लागि मात्र बैठक बस्न खोजेको र पार्टीभित्रको विवादका विषयमा भने आजको छलफलमा विषय प्रवेश नपाउने नेताहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस