नेकपामा बबन्डर सुरु

पत्रपत्रिकाबाट

विहीबार, १५ फागुन २०७६, ०८ : ०८
नेकपामा बबन्डर सुरु

काठमाडौँ । राष्ट्रियसभामा बामदेव गौतमलाई पठाउने कि युवराज खतिवडालाई पठाउने भन्नेमा नेकपामा बबन्डर सुरु भएको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

नेकपा सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो ।  बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौति दिएका थिए ।

सचिवालय बैठकले भने गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस