नेकपा सचिवालय सदस्य संख्या नबढ्ने

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १७ : १०
नेकपा सचिवालय सदस्य संख्या नबढ्ने

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले सचिवालय सदस्य संख्या नबढ्ने बताएका छन् । नेकपा स्थायी कमिटीमा सचिवालय संख्या बढाउन आवाज उठेपनि प्रचण्डले नबढाउने बताएका हुन् । 

नेकपा नेता सघुजी पन्तले सचिवालय सदस्य संख्या नबढाउने निर्णय भएको बताए ।

अहिले नेकपा ९ सदस्सीय सचिवालय छ । यसलाई बढाएर १५ सदस्सीय बनाउनेबारे नेकपाका केही नेताले माग गर्दै आएका थिए ।

आजको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सदस्यहरुले उठाएको प्रश्नमाथि जवाफ दिएका छन् । 

जवाफ दिने क्रममा अझै जारी रहेकाले बैठक आइतबार पनि जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस