नयाँ मन्त्री चयन गर्न नेकपा सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, ०४ मंसिर २०७६, ०७ : २६
नयाँ मन्त्री चयन गर्न नेकपा सचिवालय बैठक बस्दै

फाईल फोटो

काठमाडौँ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक आज बुधबार बिहान बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । 

बैठकमा एकता बाँकी काम पूरा गर्ने  विषयमा पनि छलफल हुनेछ ।  एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस