राष्ट्रिय परिषद्को बैठक सकियो, सुरक्षाकर्मीलाई तालिम र उपकरण उपलब्ध गराउन विज्ञको सुझाव

सफल खबर संवाददाता

मंगलबार, २१ असोज २०८२, १४ : १८
राष्ट्रिय परिषद्को बैठक सकियो, सुरक्षाकर्मीलाई तालिम र उपकरण उपलब्ध गराउन विज्ञको सुझाव

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएको छ ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सँग जुध्नका लागि आवश्यक पर्ने सम्पूर्ण औजार र सामग्री उपलब्ध गराउन सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् ।

बैठकमा सहभागी परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक तालिम र समयानुकूल उपकरणहरूले सुसज्जित बनाउन सरकारलाई सुझाव दिएको बताएका छन् ।

विपद्को समयमा प्रधानमन्त्रीले देखाएको अभिभावकत्वका कारण ठुलो दुर्घटनाबाट देशलाई बचाउन सकिएकोमा धन्यवाद दिइएको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफूसँग भएको सीमित स्रोतसाधन बाबजुद पनि जुन तरिकाले जनताको उद्धारमा खटि

प्रतिक्रिया दिनुहोस