एजेन्सी । रुसले युक्रेनमाथि सबै भन्दा ठुलो हवाई आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका चुप बसेका कारण रुसको मनोबल बढेको र आक्रमणलाई प्रेरित गरेको गुनासो गरेका छन्।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरे यता शनिबार राति सबै भन्दा ठुलो आक्रमण गरेको हो। सो आक्रमणमा तीन बालबालिकाका साथै १२ जनाको ज्यान गएको थियो। राजधानी किभमा सबै भन्दा धेरै मान्छे मरेको एक दिनपछि सो घटना भएको हो।
अन्तर्राष्ट्रिय निकायले दबाब दिनुका बाबजुद रुसले लगातार आक्रमण गरिरहेको छ। अमेरिका गुपचुप रहनुका कारण यस्तो स्थिति आएको जनाइएको छ। जेलेन्सकीले रुसमाथि कडा दबाब नदिए उनीहरूको क्रूरताको अन्त्य नहुने बताएका छन्।
रुसको आक्रमणमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई दुःख लागेको बताए। युक्रेनका लागि अमेरिकी दूत केइथ केलोगले भने सामाजिक सञ्जालमा किभको नक्सा राख्दै १९७७ को जेनेभा शान्ति प्रोटोकलको उल्लङ्घन भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलेन्स्कीले सार्वजनिक गरे बैठकका योजना
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्
अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने, जेलेन्स्कीले यस्तो भने ?
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की