एजेन्सी । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले दबाब बिना युद्ध अन्त्य गर्ने दिशामा वास्तविक कदम नचाल्ने बताएका छन् । आइतबार उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका हुन् ।
‘आज ५४ औँ दिन हो जब रुसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई बेवास्ता गरेको छ,’ जेलेन्स्कीले एक्समा पोस्ट गरे, ‘जुनसुकै बेला युद्धविराम सम्भव छ भनेर हामी विश्वास गर्छौँ । यो आजबाट पनि सुरु हुनसक्छ । कूटनीतिलाई वास्तविक मौका दिन कम्तीमा ३० दिनसम्म रहनुपर्छ।’
‘तीनवटा कुरा आवश्यक छ: रुसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन, र युरोपभरि बढ्दो रक्षा सहयोग। रुसले जान्नुपर्छ कि युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन्,’ उनले भने।
जेलेन्स्कीले आइतबार चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग भेट गरेका थिए । रोयटर्सको रिपोर्ट अनुसार, प्रागमा एक संयुक्त पत्रकार सम्मेलनमा, जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसमाथि दबाब दिन अपिल गरे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ बैशाख २०८२, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्
अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने, जेलेन्स्कीले यस्तो भने ?
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
खनिज सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने
‘नाटोको सदस्यता पाए राजीनामा दिन तयार छु’: जेलेन्स्की