एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेपछि उनले यस्तो आरोप लगाएका हुन् ।
ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथसोसियलमा पोस्ट गर्दै भनेका छन् कि रुस र युक्रेनको मामिलामा जतिसुकै राम्रो युद्धविराम सम्झौता गरे पनि उनको आलोचना हुनेछ ।
क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार रोम पुगेका ट्रम्पले त्यहाँ जेलेन्स्कीलाई भेटेका थिए । सेन्टर पिटर्स स्क्वायरमा भएको यो छोटो बैठकको तस्बिर युक्रेनी अधिकारीहरूले जारी गरेका छन् ।
उनले फेरि दाबी गरे, 'यो युद्ध कहिल्यै हुनुहुँदैनथ्यो र यदि म राष्ट्रपति भएको भए यो कहिल्यै हुने थिएन।' राष्ट्रपतिको रूपमा शपथ लिनुअघि नै ट्रम्पले आफू त्यहाँ भएको भए युद्ध समाप्त हुने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ बैशाख २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की
‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की
अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो
जेलेन्स्कीले सार्वजनिक गरे बैठकका योजना
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने, जेलेन्स्कीले यस्तो भने ?