काठमाडौं। भारतको नयाँ मुम्बई प्रहरीले अभिनेता सलमान खानमाथि आक्रमणको षड्यन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको दाबी गरेको छ । फेब्रुअरीमा पनि लरेन्स बिश्नोई गिरोहका १६-१७ जनाले पनवेलमा रेकी गरेको मुम्बई प्रहरीले जनाएको छ।
सलमान खान पनवेल जाँदै गर्दा आक्रमण गर्ने षड्यन्त्र रचिएको मुम्बई प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।समाचारमा जनाइएअनुसार गत महिना मात्र मुम्बईको बान्द्रास्थित सलमान खानको घरमा गोली हानाहान भएको थियो ।
प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको थियो, जसमध्ये एकले जेलमै आत्महत्या गरेका थिए ।लरेन्स बिश्नोई गिरोहले मुम्बईमा फिल्मस्टारमाथि आक्रमण गरेर जबरजस्ती फिरौती असुली गर्न खोजेको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ जेठ २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की