एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणको लागि आफ्नो देशलाई दोष दिन चाहेको दाबी गरेका छन् ।
शुक्रबार मस्कोको कन्सर्ट हलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३३ जनाको मृत्यु भएको थियो । रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन् ।
जेलेन्स्कीले भने, ‘शुक्रबार मस्कोमा के भयो, त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्। वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ भागिरहेको बताएका थिए ।
रूसले सधैँ पुरानो चाल खेल्ने बताउँदै जेलेन्स्कीले उसले युक्रेनलाई कुनै पनि कुराको लागि दोष दिने जिकिर गरे । उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे । यसको दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ चैत्र २०८०, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो
जेलेन्स्कीले सार्वजनिक गरे बैठकका योजना
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्
अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने, जेलेन्स्कीले यस्तो भने ?
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव