किसानका लागि दुध उत्पादन मापदण्ड तयार

पत्रपत्रिकाबाट

मंगलबार, १५ फागुन २०८०, ०७ : ४५
किसानका लागि दुध उत्पादन मापदण्ड तयार

काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुपालन ‘असल अभ्यास’ अन्तर्गत स्वच्छ दुध उत्पादनका लागि मापदण्ड तयार गरेको छ । पशुपालन ‘असल अभ्यास’ कार्यान्वयनका लागि तयार पारेको निर्देशिकामा सो मापदण्डको व्यवस्था गरेको कृषि मन्त्रालयले जनाएको छ ।

मापदण्ड अनुसार दुध दुहुने व्यक्तिको कम्तीमा वर्षमा एक पटक स्वास्थ्य परीक्षण गरी क्षयरोगलगायतका कुनै पनि सरुवा रोगबाट ग्रसित नभएको र स्वास्थ्य जाँचको कागजात फार्ममा राखेको हुनुपर्ने छ ।

दुध दुहुने स्थान वा सो क्षेत्र वरपर र दुहुने बेला धूमपान गर्न, सुर्ती, खैनी, गुट्खा आदि सेवन गर्न नहुने मापदण्डमा उल्लेख गरिएको छ । 

जुनसुकै समयमा दुध दुहे पनि गर्मी हुने स्थानमा दुध दुहेको एक घण्टाभित्र र अन्य स्थानमा दुध दुहेको दुई घण्टाभित्र चिस्यान केन्द्रमा पु¥याइसक्नुपर्ने मापदण्डमा उल्लेख छ । दैनिक पाँच सय लिटरभन्दा बढी दुध उत्पादन गर्ने किसानले फार्म परिसरभित्रै वा नजिकै दुधका लागि चिस्यान केन्द्र स्थापना गर्नुपर्ने हुन्छ ।

त्यस्तै बिगौती दुधलाई बिक्री गर्ने दुधमा मिसाउन नहुने कृषि मन्त्रालयको मापदण्डमा उल्लेख छ । गोरखापत्रमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस