बढाइयो सलमान खानको परिवारको सुरक्षा

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १५ : ११
बढाइयो सलमान खानको परिवारको सुरक्षा

काठमाडौं। पटक-पटक ज्यान मार्ने धम्की आएपछि बलिउड अभिनेता सलमान खानलाई मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा दिँदै आएको छ । सुरक्षा चुनौती बढेको भन्दै उनको परिवारको सुरक्षामा प्रहरीले थप कडाइ गरेको हो । 

ग्याङस्टार लरेन्स बिश्नोइबाट ज्यान मार्ने धम्की आएका कारण प्रहरीले खान परिवारको सुरक्षा बढाएको हो । भारतीय मिडियाका अनुसार उनका बहिनी जवाइ आयुष शर्माको पनि विशेष सुरक्षा दिइएको छ ।प्रहरीले शर्मालाई सार्वजनिक कार्यक्रममा निस्कँदी सलमानको ‘बुलेट प्रुफ’ गाडीमा निस्कन सचेत गराएको छ । यस्ता कार्यक्रममा उनको अघि–पछि अब प्रहरी रहने बताइएको छ । 

सन् २०२२ को नोभेम्बरमा बिश्नोइबाट सलमानको ज्यान मार्ने धम्की आएको थियो । सोही कारण सुरक्षाका लागि उनलाई हतियार राख्न अनुमतिसमेत दिइएको थियो । यही घटनालाई लिएर अहिले प्रहरीले सुरक्षा बढाएको हो । खासगरी प्रहरी सलमानका ज्वाइ आयुषको सुरक्षामा केन्द्रित रहेको छ ।