काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । नेपाली काँग्रेसका एक नेताले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुने जानकारी दिए।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा काँग्रेसबाट नौ जना मन्त्री छन्।
मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो। काँग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्य गरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।
साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। काँग्रेसले महासमिति बैठक पटक-पटक सार्दै आएको छ। फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय भएको थियो। २०७८ मंसिरमा १४ औँ महाधिवेशन गर्दा काँग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?