एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्की र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच टेलिफोन संवाद भएको छ।
जेलेन्स्कीले ट्विटरमा सीसँग लामो र अर्थपूर्ण फोन संवाद भएको बताएका छन्। रुस-युक्रेन युद्ध सुरु भएयता पहिलोपटक भएको दुई समकक्षीबीच संवाद भएको हो।
ट्विटरमा उनले बेइजिङका लागि राजदूत नियुक्तिसँग द्विपक्षिय सम्बन्धबारे लेखेका छन्, 'द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली प्रेरणा दिएको छ।'
चीनले टेलिफोन संवाद पुष्टि गर्दै भनेको छ, 'हामी सधैँ शान्तिको पक्षमा उभिएका छौँ।'
अघिल्लो महिना सी रुसी राष्ट्रपति भ्लादिमर पुटिनको निमन्त्रणमा तीन दिने भ्रमणका लागि मस्को पुगेका थिए।
भेटमा युद्ध अन्त्यका लागि द्विपक्षीय छलफल भएको थियो। उनले पुटिनसामु युद्ध अन्त्यका लागि १२ बूँदे प्रस्ताव पनि पेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ बैशाख २०८०, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसले शान्ति वार्ता रोक्न ‘जति सकिन्छ त्यति प्रयास’ गरिरहेको छ : जेलेन्स्की
‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की
अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो
जेलेन्स्कीले सार्वजनिक गरे बैठकका योजना
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
जेलेन्स्कीसँग भेटेपछि ट्रम्पले भने- पुटिन युद्ध समाप्त होस् भन्ने चाहँदैनन्