बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

सफल खबर संवाददाता

बुधबार, १६ कार्तिक २०७९, ११ : ३५
बारामा बस दुर्घटना हुँदा ६ जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् । 

ना ५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक गएराति साढे १ बजे आपसमा ठाक्किएका थिए । 

घाइतेहरूको उपचार हेटौडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका–६ कालापानि की ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस