बुटवल । रुपन्देहीको ओमसतियामा सोमबार दुर्घटना गराएर फरार कार चालक र लुम्बिनीमा १० लाख रुपैयाँ लुटेर फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३ जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार रोहिणी गाउँपालिका-३ का अजयकुमार चौधरी बा.८.च. ६५३२ नम्वरको टाटा इण्डिका गाडीसहित पक्राउ परेका हुन् ।
चौधरीले उक्त कार सिद्धार्थनगर-४ पिप्रहिया गाँउमा त्रिपालले छोपेर राखेको अवस्थामा सोमबार साँझ बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।
उक्त कारको ठक्करबाट सोमबार बिहान पौने ५बजे ओमसतिया ४ पननीका वर्ष २८ की परमशिला कुर्मी, वर्ष १४ कि सिमा कुर्मी र २ महिनाको श्रीराम कुर्मीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ कार्तिक २०७९, १५ : १५
लेखकबाट थप