भरतपुर क्षेत्रमा बिद्युत सहज हुन २ दिन लाग्ने , २२.५ एम.भि.एको नयाँ ट्रान्सफर्मर फेर्ने काम हुँदै

प्रकाश सिग्देल

विहीबार, ३० भदौ २०७९, ११ : २९
भरतपुर क्षेत्रमा बिद्युत सहज हुन २ दिन लाग्ने , २२.५ एम.भि.एको नयाँ ट्रान्सफर्मर फेर्ने काम हुँदै

चितवन । भोजाडमा रहेको हेटौँडा ग्रिड महाशाखा अन्त्रगतको २२.५ एम.भि.ए को दुईवटा पावर ट्रान्सफर्मर मध्य १ वटा ट्रान्सर्फमर जलेपछि भरतपुर क्षेत्रमा बिद्युत प्रसारणमा समस्या आएको छ ।

भरतपुर क्षेत्रका ४० प्रतिशत उद्योगमा बिद्युतको समस्या आएको र घर बत्ति तथा अत्यावस्यक स्थानमा भने लोड म्यानेज गरेर बिद्युत दिन सफल भएको नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिहंले बताए ।  

आँपटाडी हुँदै शिवघाट सम्म जाने औधोगिक फिडरमा समस्या नभएको तर गोन्द्राङ एरियाका उद्योग तथा भरतपुर महानगर ९,७,५,६ का वडाहरुमा लाईनको समस्या भएकाले मौसमले साथ दिएको २ दिनमा सबै समस्या समाधान हुने उनि बताउँछन् ।

आफुहरुले जलेको ट्रान्सफर्मर फेर्नका लागि २२.५ एम.भि.एको नयाँ ट्रान्सर्फमर ल्याएर राखिसकेको र पानि रोकिएर घाम लाग्नासाथ त्यसलाई फेर्ने र लाईन सुचारु गर्ने उनि बताउँछन् ।

आफुले उद्योगमा परेको समस्या बारे उद्योग बाणिज्य संघ चितवन संग पनि सल्लाह गरिरहेको उनले सिहंले बताए । 

प्रतिक्रिया दिनुहोस