काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीको माफी मिनाहाले कसूरको अन्त्य हुँदैन : रञ्जिता श्रेष्ठ
नाउपाको भागमा सुदूरपश्चिमको मुख्यमन्त्री, आजै दाबी पेस गर्ने बालुवाटारमा सहमति
सुदूरपश्चिममा मुख्यमन्त्री र भौतिकमन्त्री नाउपालाई दिने सहमति
आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय
सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन रञ्जिताको ह्वीप
सुदूरपश्चिमकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाट हटाउने रञ्जिताको निर्णय