अशोक राई जसपा संसदीय दलको नेता बन्ने

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १५ : ४१
अशोक राई जसपा संसदीय दलको नेता बन्ने

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ । हिजो मात्र निर्वाचन आयोगबाट मान्यता पाएको जसपाले आज संसदीय दलको बैठक बोलाएको हो ।

बैठकले संसदीय दलको नेता चयन गर्ने छ । सो पार्टीका एक नेताका अनुसार अशोक राईलाई सर्वसम्मति संसदीय दलको बनाउने तय भइसकेको छ ।

त्यसलाई औपचारिकता दिनका लागि बैठक बोलाएको हो । साथै संसदीय दलको व्यवस्थापनलगायत सचेतक, प्रमुख सचेतक चयन लगायतको विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस