सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या गरिएको भन्दै पारस खड्काले जनाए आपत्ति

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, २० : ३४
सन्दीपको मुद्दामा जोडेर आफ्नो चरित्रहत्या गरिएको भन्दै पारस खड्काले जनाए आपत्ति

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनको चेतावनी छ । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पारसले आफ्नो भनाइ राखेका हुन् । विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको उनको गुनासो छ ।

‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’, पारसले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस