चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया

पत्रपत्रिकाबाट

मंगलबार, ३१ चैत्र २०७७, ०७ : ३०
चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया

ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ।

जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिन प्रक्रिया अघि बढाएको हो।

कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत कैलालीले जन्मकैद ठहर गरेको थियो। उच्च अदालत दिपायलले समेत जिल्ला अदालतको फैसला सदर गरेको थियो।

चौधरी २०७४ फागुन १४ देखि अनुसन्धानका लागि थुनामा छन्। अदालतको फैसलाअनुसार चौधरी २०९४ फागुन १३ सम्म थुनामा रहनुपर्छ।

जिल्ला अदालतको आदेशविरुद्ध चौधरीले उच्च अदालत दिपायलमा आफू छुट्न पाउनुपर्ने दाबीसहित निवेदन दर्ता गरेका थिए। उच्च अदालतले जिल्ला अदालत कैलालीकै निर्णय सदर गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने आदेश गरेको थियो।

उच्च अदालतले २०७४ चैत २२ मा जिल्ला अदालतको आदेश सदर गर्दै थुनामा राख्न भनेको थियो। नगरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस