घट्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, ११ : १५
घट्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २७ सय रुपैयाँले घट्दै १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजावी सुनको मूल्य पनि तोलामा २७ सय रुपैयाँले नै घट्दै १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस