काँग्रेसले सभामुख, प्रधानमन्त्री र ओलीमाथि दुर्व्यवहार गर्‍यो, माफी माग्नुपर्छ : माधव सापकोटा

सफल खबर संवाददाता

विहीबार, ०३ जेठ २०८१, १९ : ०५
काँग्रेसले सभामुख, प्रधानमन्त्री र ओलीमाथि दुर्व्यवहार गर्‍यो, माफी माग्नुपर्छ : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी नेपाली काँग्रेसका सिनियर नेताहरूबाटै असंसदीय व्यवहार भएको भन्दै माफी माग्नुपर्ने बताएका छन् ।

संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै सांसद सापकोटाले काँग्रेसका उपसभापति धनराज गुरुङलगायत सिनियर नेताहरूबाटै एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीमाथि दुर्व्यवहार भएको बताए ।

बैठक स्थगनपछि सभामुखको बाटो छेकेर दुर्व्यवहार गरिएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डले तपाईँहरू सभ्य हुनुस् भन्दा प्रधानमन्त्रीमाथि पनि दुर्व्यवहार भएको सापकोटाले बताए । गृहमन्त्री रवि लामिछानेमाथि आरोप लागेपछि बोल्न पाउनुपर्ने कुरा आफूहरूको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस