ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १५ : ३६
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते

ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ ।दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् ।

 

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

दुर्घटनामा परी याङ्वरक–४ का नौ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको थियो । उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए ।

 

दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन् । घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् ।उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।