कोशीमा जेठ ११ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १३ : ३८
कोशीमा जेठ ११ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ  । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

कोशी प्रदेश सरकार प्रवक्ता कानुन मन्त्री शमशेर राईले जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।  मुख्यमन्त्री कार्कीले यसअघि चैत २६ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेका थिए ।

koshi11

प्रतिक्रिया दिनुहोस