सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, ११ : १७
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य बुधबार पनि कायमै रहेको छ । 

यस्तै तेजावी सुन तोलामा १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार हुँदा चाँदीको भाउ पनि स्थिर रहेको छ ।  महासंघका अनुसार सोमबार तोलामा १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि चाँदी तोलामा १ हजार ६७५ रुपैयाँमै कारोबार भएको हो । 

प्रतिक्रिया दिनुहोस