लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

एजेन्सी

सोमबार, २४ बैशाख २०८१, १० : ०६
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार

लेबनान । आइतबार उत्तरी इजरायलमा लेबनानबाट करिव २० वटा रकेट प्रक्षेपण गरिएको छ । जसले विभिन्न सुविधाहरूमा क्षति पु-याएको छ । किरियत शमोना शहरमा बिजुली अवरुद्ध भएको बताइएको छ ।

प्रहरीका अनुसार किर्यत शमोनाका विभिन्न स्थानमा रकेट खसेकाले विद्युत अवरुद्ध भएको र सम्पतीमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ ।