गुल्मी । गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ। घटनामा अर्की एक महिला घाइते भएकी छन्।
रेसुङ्गा नगरपालिका १४ पराल्मी चौराहाका ५५ वर्षीय बिष्णु रानाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
शनिबार घर लिप्ने माटो खन्नेक्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा उनी गम्भीर घाइते भएका थिए।
स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
ढिस्कोले पुरिएर सोही स्थानका ५४ वर्षीय हुमकला राना घाइते भएकी छन्। जिल्ला अस्पताल तम्घासमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो स्थानीय ६ जना एउटै समूहमा घर लिप्ने माटो खन्न गएका थिए। अन्य चार जना भने सकुशल छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
कैलालीमा प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु
एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
शौचालय जाँदा लडेर एक महिलाको मृत्यु
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु