क्यानडाका राजदूत पौड्याल र सोनिया सीधुबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, १९ : ०५
क्यानडाका राजदूत पौड्याल र सोनिया सीधुबीच भेटवार्ता

काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल र क्यानडा-नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सोनिया सीधुबीच भेटवार्ता भएको छ । 

क्यानडास्थित नेपाली दूतावासका अनुसार उनीहरुबीच राजधानी ओटावामा भेटवार्ता भएको हो । उक्त अवसरमा दुई मुलुकको संसदीय सहकार्य र सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको थियो । 

साथै, उक्त अवसरमा दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउनेबारे पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस