सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, १६ : ०९
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाको नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।

वैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता तथा सूचना सञ्चार,प्रविधिमन्त्री रेशा शर्माले सो कुरा जानकारी गराएकी हुन्।

प्रतिक्रिया दिनुहोस