डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ०९ : ५४
डढेलो बस्तीमा पस्दा रामेछापमा एक जनाको मृत्यु

दोलखा । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ।

बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस