खाजाघरमा अनैतिक धन्दा, सञ्चालक पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ०४
खाजाघरमा अनैतिक धन्दा,  सञ्चालक पक्राउ

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ वर्षिया कान्छीमाया घिसिङ छन् ।

नाबालिगहरूलाई अनैतिक धन्दामा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 उनीहरू विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।