विश्वासको मत लिन मुख्यमन्त्री सोडारीले बोलाए प्रदेश सभा बैठक

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, १९ : ३५
विश्वासको मत लिन मुख्यमन्त्री सोडारीले बोलाए प्रदेश सभा बैठक

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्रीको विश्वासको मतका लागि २१ वैशाख साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सोडारी नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस