वैदेशिक ठगी मुद्दामा फरार तिन जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, १० : ५०
वैदेशिक ठगी मुद्दामा फरार तिन जना पक्राउ

काठमाडौँ । ‘विदेश पठाउँछु’ भनेर ठगेपछि फरार भएका ३ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका घर भएका ३२ वर्षीय रबिन तामाङ, काभ्रे घर भएका २३ वर्षीय सहदेव रिजाल र मकवानपुर घर भएका २० वर्षीय कविराज सुवेदी छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेर थप कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ । रबिन तामाङले अफ्रिका पठाउँछु भनेर पीडितहरूसँग ४ लाख ९० हजार लिएपछि सम्पर्क विहीन भएका थिए ।

आरोपी रिजालले क्यानडा पठाउँछु भनेर ८ लाख रुपैयाँ ठगी गरेका हुन् । कविराज सुवेदीले दुबई पठाउँछु भनेर ८० हजार लिएपछि सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् ।