दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १८ बैशाख २०८१, १२ : १८
दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ

बारा । निजगढ नगरपालिका-१० स्थित सडकबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । २ सय १६ किलो गाँजासहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो ।

प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।