महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।
तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी भएको थियो। सो आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका छन्। घटनासम्बन्धी विस्तृत विवरण बिहीबारसम्म मात्रै थाहा पाउन सकिने उनको भनाइ छ।
प्रजिअ गेलालले बिहीबार जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्ने तथा सो बैठकमा मटिहानी आगलागी घटनाबारे सर्वपक्षीय छलफल गरिने बताए।
घरबारविहीन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाललगायतका राहत सामग्री प्रदान गरेको छ।
आगलागीबाट पाँच खसीबाख्रा र दुई सुँगुर समेत मरेका प्रहरीले जनाएको छ। बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दमौलीमा मध्यराति भीषण आगलागी
भारतमा बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते
दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
ललितपुर आगलागी घटनाका दुई जनाको अवस्था गम्भीर