काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको दुर्घटनामा परी चालकसहित १० जना घाइते भएका छन् । घाइते को प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।
सुमो अनियन्त्रित भई सडकबाट करिब ३०/३५ मिटर तल खसेको जनाइएको छ । उक्त गाडीमा आठ महिला र दुई जना पुरुष सवार थिए ।जसमध्ये तीन जना महिलाको अवस्था जटिल रहेको र अन्य सातको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । गाडी घटनास्थलमा नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा सडक दुर्घटनाः ३५ जनाको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १७ जना घाइते
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
कैलालीमा एम्बुलेन्स दुर्घटना, एक युवतीको निधन
गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते
भरतपुरमा इलेक्ट्रिक स्कुटर अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु