काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को छायांकनमा उनले मंगलबार बिहान अभिनय गरेका हुन् ।कोटेश्वर बहुमुखी क्याम्पसको प्रांगणमा छायांकन भएको फिल्ममा नेता नेपालले केही डायलग पनि बोलेका थिए ।
एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारवाही हुनुपर्ने भन्दै विद्यार्थीले प्रदर्शन गरेको कथाको सन्दर्भमा आजको छायांकन भएको हो ।
यस्तै, राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि खिचिएको थियो । केही दिनमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि छायांकन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
मदन भण्डारीका उत्तराधिकारी हामी हौँ : माधव नेपाल
राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरीखाँदैन : माधव नेपाल
कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुनुपर्छ : माधव नेपाल
माधव नेपालले बोलाए संसदीय दलको बैठक
हामीले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते गरेका छैनौं : माधव नेपाल