काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ ।कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो ।
सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए । ‘सभापतिले १८ गते उम्मेदवारको निर्णय गरिने बताउनुभएको छ,’ सभापति देउवासँगको भेटपछि उनले भने ।
सभापति देउवाले कसलाई उम्मेदवार बनाउने बारेमा भने केही नबोलेको उनले बताए । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।
इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।
गत निर्वाचनमा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङसँग कांग्रेसका जिल्ला सभापति खड्का ११४ मतले पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
ओलीको धम्कीले काँग्रेस डराउँदैन : डा. शेखर कोइराला
सहकारीको रकम हिनामिनामा रवि संलग्न छन्, छानबिन समिति गठन गर्नैपर्छ: कांग्रेस
सहकारी प्रकरणसँगै कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय उठाउने