काठमाडौ । संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ ।
देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौं रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।
सहकारी क्षेत्रका अगुवाहरूका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सम्ममा पाँच सयभन्दा बढी सहकारी डुब्ने अवस्थामा पुगेका छन् ।
संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको अवधारणामा अर्थतन्त्रको विकास गर्ने भने पनि सहकारी क्षेत्रमाथि पछिल्ला वर्षमै मात्रै ठुलो अविश्वास सिर्जना भएको सरोकारवालाले बताएका छन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ चैत्र २०८०, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारीमा एमालेको प्रभुत्व रहेको छ : प्रकाशशरण महत
काठमाडौँ महानगरपालिकाभित्र १ हजार ९५३ वटा सहकारी संस्था
समस्याग्रस्त २० सहकारीको खुल्यो यस्तो रहस्य
झापाको गौरादहमा एकै रात ३ वटा सहकारीमा चोरी, सुरक्षा बढाउन स्थानीयको आग्रह
६७ औँ राष्ट्रिय सहकारी दिवस आज, विभिन्न कार्यक्रमका साथ मनाइँदै
सहकारी पीडितले आज काठमाडौँमा प्रदर्शन गर्ने