काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार चितवनको भरतपुर महानगरपालिका-७ माच्छापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट १० वर्षीय आरूष पौडेलको सोमबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको झापा गाउँपालिका-४ मंगलवारेस्थित सडकमा मे.३ प ५९२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय शम्भु कार्कीको सोमबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा पनि लु.२ ख २१४२ नम्बरको बसले युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश घर भएका २० वर्षीय अनिल कुमारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको मिथिला नगरपालिका-२ हजरा चोकस्थित सडकमा ज.४ प १९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित होटल संचालन गरी बस्ने ४० वर्षीय चन्दन पटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा सडक दुर्घटनाः ३५ जनाको मृत्यु
बागलुङमा जिप दुर्घटना हुँदा १७ जना घाइते
दोलखामा मलामी बोकेको गाडी दुर्घटना, १८ जना घाइते
कैलालीमा एम्बुलेन्स दुर्घटना, एक युवतीको निधन
गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते
भरतपुरमा इलेक्ट्रिक स्कुटर अनियन्त्रित भई पल्टिदा ६५ वर्षिय पुरुषको मृत्यु