काठमाडौं। समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा आफूहरूका सुझाव नसमेटिएको भन्दै प्रतिनिधिहरूले होहल्ला गरेपछि नेपाली कांग्रेसको महासमिति बैठक प्रभावित भएको छ। बन्दसत्रको अन्तिम दिन समूहगत छलफलको निष्कर्ष प्रदेश सभापतिले सुनाउने क्रम चलिरहेको थियो ।
बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले निष्कर्ष सुनाइ रहेको समयमा प्रतिनिधिले आफ्ना सुझाव नसमेटिएको भन्दै होहल्ला शुरू गरेका थिए । प्रतिनिधिहरू मञ्चको अगाडितर्फ गएपछि बन्दसत्र प्रभावित भएको थियो । प्रतिनिधिलाई रोक्न प्रहरीसमेत परिचालन भएको थियो ।
त्यसपछि महामन्त्री गगन थापाले परिस्थिति सम्हाल्न अग्रसरता लिएका थिए । सबैको कुरा सुनेरमात्र निर्णय हुने भन्दै अन्य प्रदेशका सभापतिलाई बोल्न दिन आग्रह गरे । यसअघि संस्थापन पक्षकै सभापतिले छलफलका निष्कर्ष राखेका थिए ।महासमिति बैठक बिहीवार समापन गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि
बजेटअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : काँग्रेस
सभामुखलाई महाअभियोग लगाउने काँग्रेसको चेतावनी
गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौँ : काँग्रेस
सहकारीको रकम फिर्ता गराउने कांग्रेस बैठकको एजेन्डा