काठमाडाैं । अफगानिस्तानमा आएको पहिरोमा परेर २५ जनाले ज्यान गुमाएका छन् । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार अफगानिस्तानको पूर्वी भागमा रहेको नुरिस्तान प्रान्तमा गएराति गएको पहिरोमा परेर ८ जना घाइते भएका छन् र कैयौ पुरिएका छन् ।
अफगानिस्तानको विपत्त मन्त्रालयको सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार मुसलधारे पानी परेर पहिरो गएको थियो । डीडब्लूले हिन्दू कुश हिमालय श्रृङ्खलाको दक्षिण छेउमा पर्ने नरिस्तान प्रान्तको पहिरोमा परेकाहरुको उद्धार गर्न सहायता निकायको अभावले समस्यामा परेको बताएको छ ।
सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी बहिर्गमन तथा तालिवानको पुनरागमनसँगै विदेशी सहायताहरु घटेपछि अफगानिस्तान जस्तो प्रकोप पीडित देशलाई धेरै समस्या थपिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०७ फागुन २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल
अफगानिस्तानमा भारी वर्षापछि बाढीः ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
अफगानिस्तान र पाकिस्तानमा बाढीको प्रकोप, ५७ जनाको मृत्यु
अफगानिस्तानमा रुसी जहाज दुर्घटना