अछाम । अछामकाे मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ ।
खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको हो ।
आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगुडाठाँटी समेतबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते
दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
ललितपुर आगलागी घटनाका दुई जनाको अवस्था गम्भीर
ललितपुरमा आगलागी, तीन बालबालिकासहित पाँच जना घाइते