काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले लण्डनको कार्यक्रमलाई लिएर चलचित्र विकास बोर्डलाई स्पष्टीकरण सोधेको छ । लण्डनमा आयोजना हुन लागेको कार्यक्रममा चलचित्र विकास बोर्डको सहभागिता रोक्न निर्देशनको माग गर्दै सदस्य केएल बुढाथोकीले मन्त्रालयमा उजुरी दिए ।
उक्त कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसी र अन्य पदाधिकारीको सहभागिता रोक्न उनले माग गरेका छन् । यो उजुरीउपर मन्त्रालयले विकास बोर्डलाई आइतबार पत्र लेख्दै यसबारे भएको के हो खुलाएर जवाफ दिन भनेको छ । मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले यसबारे स्पष्ट पारिदिनु भन्दै बोर्डलाई पत्र लेखेको र जवाफ अब बोर्डले दिनुपर्नेछ ।
बुढाथोकीले मन्त्रालयमा पेश गरेको पत्रमा कार्यक्रमको आयोजक संस्था इन्टरनेसनल डेल्फिक काउन्सिल नेपालको आर्थिक पारदर्शिता र उद्देश्यमाथि प्रश्न उठाएका छन् । उक्त संस्थाले ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ नामक कार्यक्रम लण्डनमा माघ ६ देखि ११ गतेसम्म गर्ने जनाइएको पत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित
एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
अहिल्यै पार्टी एकीकरण हुँदैन : केपी ओली
एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला निर्वाचित