राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, १२ : ५९
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।सशस्त्र प्रहरी बल (एपीएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो ।

 

खेलको शुरूमा एपीएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, तेस्रो र चौथौं खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो । पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अङ्क ल्याएको थियो ।

समूह चरणमा एपीएफसँग हारमा भोगेको पुलिस क्लबले आजको फाइनल खेलमा उपाधि हात पारेको छ । समूह चरणमा पुलिस एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।​​

 

 

त्यसैगरी समूह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेटमा गण्डकीले २५–२२ को ल्याएर जित्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६–२४ अङ्क ल्याएर नेपाल आर्मीले जित्यो । तेस्रो खेलमा गण्डकीले २६–२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो । 

 

facebook sharing button

twitter sharing button

email sharing button

messenger sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस