राष्ट्रपति भण्डारीले गरिन सिटिजन्स बैंकलाई सम्मान

सोमबार, १० पुस २०७४, १३ : ३४
राष्ट्रपति भण्डारीले गरिन सिटिजन्स बैंकलाई सम्मान

चितवन । खेलकुद क्षेत्रको विकासमा प्रायोजकको रूपमा उत्कृष्ट योगदान गरी नेपाल र नेपालीको गौरब बढाउन  भूमिका निर्वाह गरेको भन्दै  सिटिजन्स बैंक इन्टरनेसनललाई सम्मान गरिएको छ ।  
आइतबार राष्ट्रिय खेलकूद परिषदद्वारा आयोजित एक समारोहका  बीच राष्ट्रपति बिद्या देवी । बैंकलाई सम्मान गरेकी हुन् ।  सम्मान  बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले ग्रहण गरेका थिए ।
बैंकले खेल जगतको उत्थानका निम्तिहरेक वर्ष सिटिजन्स अन्तर बैंक फुटसल प्रतियोगिता , सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता र  सिटिजन्स खुल्ला टेनिस प्रतियोगिता गर्दै आएको छ ।
यस्तै  नेपाली खेलाडीहरुको मनोवल बढाउने उदेश्यले बैंकले राष्ट्रिय व्याडमिन्टन खेलाडी नंङशल तामांग लाई खेल्नका निम्ति अनुकूल वातावरण प्रदान गरी बैंकमा कर्मचारीकोरूपमा पनि नियुक्त गरेको छ  ।
 हाल सालै सम्पन्न प्रथम प्रधानमन्त्री क्रिकेट कपमा पनि बैंकले रू तिन लाखको आर्थिक सहयोग उपलब्ध गराएको थियो । यस्तै हाल आयोजना भइरहेको एभरेष्ट प्रिमियल लिगमा पनि चितवन टाइगर्स टोलीलाई रू दश लाख बराबरको आर्थिक सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस